देश

    चितवन–२ मतगणना अपडेट : रवि लामिछानेले कटाए ३६ हजार मत

    नवलपुर टुडे
    २०८० बैशाख १२ | बिहान ०६:०१ बजे

      चितवन, वैशाख १२ । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले मतान्तर झनै फराकिलो पारेका छन् ।

      निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार उनले ३६ हजार १५८ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार १४८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९ हजार १० रहेको छ ।

      त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ६ हजार ६५१ मत पाएका छन् । चितवन २ मा अहिले मतगणना जारी छ ।

        कमेन्टहरु