लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशको काम चलाऊ मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

    नवलपुर टुडे
    २०८० बैशाख ११ | मध्यान्ह ०६:०१ बजे

      बुटवल, बुटवल ११ । लुम्बिनी प्रदेशको काम चलाऊ मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार गिरीलाई काम चलाउन सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

      सोमबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । तर, प्रदेश प्रमुख शेरचनले अर्को व्यवस्था नहुँदासम्म गिरीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । 

      गिरीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो ।

        कमेन्टहरु