देश

    चितवन २ मा ८ बजे सर्वदलीय बैठक बसेपछि मात्र गणनाबारे टुंगो लगाउने

    नवलपुर टुडे
    २०८० बैशाख ११ | बिहान ०७:०१ बजे

      चितवन, वैशाख ११ । चितवन क्षेत्र नं २ मा मतगणना सुरू गर्न बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । हिजो राति प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अनुपस्थितीमा सवपक्षीय वैठक बस्न नसक्दा आजको लागि वैठक सारिएको हो ।

      यस्तै कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान राखेका छन् । कांग्रेस सभापति राजेश्वर खनालले रास्वपा उम्मेदवार रवि लामिछाने र चितवनका सीडीओविरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने बताएका छन् ।

      सर्वदलीय बैठकमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलको उम्मेदवार र निजको प्रतिनिधि गरी २\२ जनालाई बोलाइएको छ । चितवन २ मा हिजो भएको मतदानमा ७८ हजार २७७ मत अर्थात् कुल मतको ६३ प्रतिशत मत खसेको थियो ।

        कमेन्टहरु