देश

    तनहुँ – १ मा स्वर्णिम वाग्लेको फराकिलो अग्रता, भट्टराई दोस्रो स्थानमा

    नवलपुर टुडे
    २०८० बैशाख ११ | बिहान ०६:०१ बजे

      तनहुँ, बैशाख ११ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

      आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् ।

      तनहुँ क्षेत्र नं. १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् । चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

        कमेन्टहरु