नवलपुरको मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय चढ्ने गाडीको ठक्करले ४ बर्षीय बालकको मृत्यु


चोरमारा, बैशाख १० । मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट चार बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका- १५ का धनिराम माझीका ४ बर्षीय छोरा आदित्य माझीको घटनास्थलमै मृत्यु भएको हो।
मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने जिपको ठक्करले बालकको मृत्यु भएको हो । गाडी चालक मध्यबिन्दु नगरपालिका- ७ बस्ने कृष्ण प्रसाद भण्डारीलाई प्रहरीले नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मध्यबिन्दु नगरपालिका- १५ स्थित हरवासटार खण्डको भित्री खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ झ २३१२ नम्वरको पालिकाको जीपले बालकलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडी र चालक कृष्ण प्रसाद भण्डारी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।
आईतवार साँझ ५ बजे घटना भएको जानकारी प्राप्त् भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट ६ जनाको अनुसन्धानसहितको टोली र प्र.ना.उ. सन्तोष पाठकको कमाण्डमा Soco को सहित ३१ जनाको टोली खटी गाडी र चालक नियन्त्रणमा लिइएको हो ।
मृतक बालकको शव पोष्ट्मार्ट्मको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाएको छ, भने अन्य थप अनुसन्धान भैरहेको पाठकले बताए ।





