चितवन २ को मतगणना स्थलमा तारजाली र सीसीटिभी

नवलपुर टुडे
२०८० बैशाख १० | मध्यान्ह ०८:०१ बजे

चितवन । चितवन–२ मा मतदान सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको सम्पूर्ण तयारी पुरा गरेको छ । मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सीसीटीभी जडान पनि गरिएको छ ।
निर्वाचन आयोगले मंगलबारसम्म नजिता सार्वजनिक गर्ने लक्ष्य लिएकोले निर्वाचन कार्यालयले पनि त्यही अनुसारको तयारी गरेको हो।





