समाचार

    विद्युत आपूर्ति समस्या १५ दिनमा समाधान गर्छु : कुलमान घिसिङ

    नवलपुर टुडे
    २०८० बैशाख १० | मध्यान्ह ०६:०१ बजे

      काठमाडौ । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन् । पूर्वका उद्योगी व्यवसायीले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको उनको दाबी छ।

      आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा आपूर्तिमा कमी आएकाले विद्युत कटौति गरेको स्वीकार गरे ।गत वर्ष धेरै अप्ठ्यारो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै उनले विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने प्रष्ट पारे।

      प्रवन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाए ।उनका अनुसार गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको छ। हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादनसमेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको घिसिङले बताए।

        कमेन्टहरु