चितवनमा मंसिरको चुनावमा भन्दा ७ प्रतिशतले कम मत खस्यो

नवलपुर टुडे
२०८० बैशाख १० | मध्यान्ह ०६:०१ बजे

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा मंसिरको निर्वाचन भन्दा ७ प्रतिशत कम मतदान भएको छ ।
सहायक मतदान अधिकृत ईश्वर आचार्यका अनुसार ५ बजेसम्ममा १ लाख २४ हजार मतादाता रहेको चितवन २ मा ७६ हजार ६२२ मत खसेको हो । उनका अनुसार स्थगित भएका मतदान केन्द्रमा लाइनमा लागेका केही मतदाताले मतदान गरेकाले यो संख्यामा एकदुई सय बढ्न सक्नेछ । अधिकृत आचार्यका अनुसार मंसिरको निर्वाचनमा खसेको मतभन्दा यो पटक ७ प्रतिशतले कमी हो ।
चितवनमा सबैतिरका मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर आजै रातिबाट मतदान सुरु गर्ने तयारी छ । मतगणना चितवनको उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्नेगरी व्यवस्था मिलाइएको छ ।





