चितवन क्षेत्र नं २ को दुई वटा केन्द्रमा मतदान रोकियो

नवलपुर टुडे
२०८० बैशाख १० | मध्यान्ह ०२:०१ बजे

चितवन, वैशाख १० । चितवन क्षेत्र नं २ को दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नं ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।
नयाँ किरण कमल कुसुम मावि केन्द्रमा मतदान भइरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि मतदान रोकिएको हो ।
यस्तै कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।





