पाल्पा बस दुर्घटना अपडेट : ३४ घाइते, ६ जनाको अवस्था गम्भीर

नवलपुर टुडे
२०८० बैशाख १० | मध्यान्ह १२:०१ बजे

पाल्पा, वैशाख १० । पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् । आज बिहान करिब सवा ९ बजे तिनाउ गाउँपालिका–५, जोडधारामा लु१ख ५९ ५६ नम्बरको बस दुर्घटना भएको थियो ।
दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३, सूर्यपूराकी अन्दाजी ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डीएसपी सुरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइते सबैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बुटवलबाट बागलुङको हटियातर्फ जाँदै गरेको बस दुर्घटना भएको हो ।





