देश

    पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, १८ जना घाइते

    नवलपुर टुडे
    २०८० बैशाख १० | बिहान ११:०१ बजे

      पाल्पा, वैशाख १० । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

      बुटवलबाट बाग्लुङको हटियाका लागि बिहान ७:४० मा छुटेको लु १ ख ५९५६ नम्बरकाे बस पाल्पाको तिनाउ गाउँपालिका – ५ जोरधारामा दुर्घटना भएको हाे । घटनास्थलमै ज्यान गुमाएकी महिलाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

      अहिले घाइते १८ जनाको उद्धार भइरहेकाे छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । 

        कमेन्टहरु