खेलकुद

    शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

    नवलपुर टुडे
    २०८० बैशाख १० | बिहान ०९:०१ बजे

      काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् ।

      आज एक दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा सङ्कटा क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । सङ्कटा र थ्री स्टारबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । 

      च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । हिमालयन र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

        कमेन्टहरु