देश

    चितवन–२ मा १०४ वर्षीया गोरीमाया गुरूङले गरिन् मतदान

    नवलपुर टुडे
    २०८० बैशाख १० | बिहान ०८:०१ बजे

      चितवन । चितवन–२ को उपनिर्वाचनमा आइतबार बिहान भरतपुर महानगरपालिका–२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन् । भरतपुर–२९ जुगेडीको कविलास माविको ‘क’ केन्द्रबाट उनले मतदान गरेको मतदान अधिकृत श्रीराम आचार्यले जानकारी दिए । मतदानको सुरूवात नै उनीबाट गराएको आचार्यले बताए ।

      चितवनका सबै मतदान केन्द्रमा बिहान सात बजेबाट मतदान सुरू भएको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए ।

      चितवनमा ४३ स्थानमा १३८ मतदान केन्द्र रहेका छन् ।

        कमेन्टहरु