गण्डकी प्रदेश

    पृथ्वी राजमार्गकाे तनहुँ १ मा भोलि यातायात नचल्ने

    नवलपुर टुडे
    २०८० बैशाख ९ | मध्यान्ह ०३:०१ बजे
    फाइल तस्बिर

      दमौली । आइतबार तनहुँ १ मा उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा सवारी साधन आवागमन रोकिने भएको छ । यातायात रोकिने हुँदा पृथ्वी राजमार्गमा समेत गाडी नचल्ने भएका छन् ।

      तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चल्न नदिइने जानकारी दिए । उनका अनुसार पृथ्वीराजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ५ बजेपछि मात्रै यात्रा गरिसक्नुपर्नेछ ।
      २०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र रिक्त भएको थियो ।

      रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायत अरु पार्टीहरुबाटसमेत गरी ९ जना उम्मेदवार छन् ।

        कमेन्टहरु