समाचार

    नरभक्षी बाघ नियन्त्रणमा

    नवलपुर टुडे
    २०८० बैशाख ९ | बिहान १०:०१ बजे

      धनगढी । कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालाबाट शनिबार बाघलाई नियन्त्रणमा लिइएको हो ।

      इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीप शाहका अनुसार नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने भएको छ ।

      शुक्रबार घाँस काट्न गएकी बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाई सो बाघले आक्रमण गरेको थियो । चन्दको शव झण्डै २२ घण्टापछि फेला परेको छ ।

        कमेन्टहरु