बाघको आक्रमणबाट बेपत्ता चन्दको शव २२ घण्टापछि फेला

नवलपुर टुडे
२०८० बैशाख ९ | बिहान १०:०१ बजे

कैलाली । बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दको शव फेला परेको छ । झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब–डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिए ।
बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो । शुक्रबार दिउँसो घाँस काट्न गएकी चन्दमाथि बाघले आक्रमण गरेको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बाघलाई नियन्त्रणमा लिएको छ ।





