धर्म–संस्कृति/रीतिथिति

    मुस्लिम धर्मका महान पर्व ईद पश्चिम नवलपरासीको प्रतापपुरमा पनि मनाउदै (तस्बिरहरु)

    नवलपुर टुडे
    २०८० बैशाख ९ | बिहान ०९:०१ बजे

      खुरसेद हजाम
      प्रतापपुर, बैशाख ९ । पश्चिम नवलपरासी प्रतापपुर- ६ का मुस्लिम समुदायले एक महिनाको (रोजा) ब्रत बसी धुमधामका साथ ईद मनाईदै छन् । मुस्लिम समुदायले एक महिना व्रत बसी आज देश भरका मुस्लिमले महान पर्व ईद मनाईदैछ ।

      ईदकै अवसरमा नवलपरासी प्रतापपुर- ६ हरपुरस्थित मुस्लिम समुदायले आज विहान इदगाहामा विशेष नवाज तथा पाठ गरि घर घरमा सो पर्व मनाउदै गरेका छन । आज खुशियाली सटासाट गरि आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाउने गरिन्छ । इस्लाम धर्मगुरु हजरत मोहम्मद मुसतफाले इस्लाम धर्म रक्षा गर्न खेलेका भुमिको प्रसंशा गर्दै १४३७ वर्ष देखी विश्वभरका मुस्लिमहरुयो पर्व मनाउदै आएका छ्न ।

      मुस्लिमहरूको महान पर्व एकमहिने रामजनको लास्ट दिन ईद फितर खुसी तथा दान पुनः गरी गरीब आसहलाई आफ्नो एक वर्षको कमाईबाट केही हिंसा जकात र फितराको रूपमा निकाली गरिब लागत विपन्नलाई दान गरी ईद फितर मनाउने मौलान बिसमिलाहले बताए |

      मुस्लिम धर्मका अनुसार रमानज महिना चन्द्रमा हेरी उमवास व्रत सुरु गरी लगातर एक महिनासम्म उपवास बसि महिनाको अन्तिम दिन चन्द्रमा हेरी अर्को दिन ईद मनाउने गरिन्छ ।

      photo 2023 04 22 09 31 26 photo 2023 04 22 09 31 32 photo 2023 04 22 09 31 41 photo 2023 04 22 09 31 43 photo 2023 04 22 09 31 45 photo 2023 04 22 09 31 48

        कमेन्टहरु