धर्म–संस्कृति/रीतिथिति

    उपाध्यक्ष मशहूदले दिए इद-उल-फितरको शुभकामना

    नवलपुर टुडे
    २०८० बैशाख ८ | मध्यान्ह ०८:०१ बजे

      कपिलवस्तु, बैशाख ८ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले शनिवारका दिन पर्न गएको मुस्लिम धर्मावलम्बीहरूको महान चाड इद-उल-फितरको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

      मशहूदले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गरेका छन्।

      उपाध्यक्ष खांले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सकारात्मक साेच र धैर्यता र एक आपसमा सहयाेग, सद्भाव र हाैसला बढाउनु हुन हार्दिक आह्वानसमेत गरेका छन्।

        कमेन्टहरु