समाचार

    कञ्चनपुरमा एक महिलालाई बाघले आक्रमण गरी लग्यो

    नवलपुर टुडे
    २०८० बैशाख ८ | मध्यान्ह ०२:०१ बजे
    फाइल तस्बिर

      धनगढी, वैशाख ८ । कञ्चनपुरमा एक महिलालाई बाघले आक्रमण गरी लगेको छ । जिल्लाको बेलौरी नगरपालिका-८ पचुईमा बाघले स्थानीय ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरेर लगेको प्रहरीले जनाएको छ ।

      जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले लगेको हो । उनको खोजी कार्य भइरहेको डीएसपी डाँगीले बताए ।

      उक्त क्षेत्रमा चैत मध्यदेखि दिउँसै बाघ देखिइरहेको थियो । चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका – १० की एक महिलाको मृत्यु भएको थियो ।

        कमेन्टहरु