लुम्बिनी प्रदेश

    बर्दघाटबाट लड्डु बनाउने अबैध दाना बरामद

    नवलपुर टुडे
    २०८० बैशाख ८ | बिहान ०७:०१ बजे

      नवलपरासी । जिल्लाको बर्दघाट नगरपालिका- ४ टिसिएन चोकबाट अबैध सामान बरामद गरेको छ ।
      बिहिवार राती ९:१० बजे पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको यात्रु वाहक गाडीलाई चेकजाँच गर्ने क्रममा अबैध सामान बरामद गरिएको छ ।

      इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.स.नि. बिन बहादुर बगालेको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा गाडीको डिक्कि भित्र लुलाई छिपाई अबैध रुपमा ल्याउदै गरेको लड्डू बनाउने दाना ५ बोरा प्रति बोरा अं.५० के.जी. को दरले जम्मा अं. २५० के.जी. (प्रति के.जी. अं. मुल्य रु. २५०।– को दरले ) जम्मा अं. मुल्य रु. ६२,५०० ।- बराबरको सामान नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

      उक्त बरामद अबैध सामान भन्सार कार्यालय महेशपुर पठाउने कार्य भैरहेको छ भने, अन्य थप अनुसन्धान भइरहेको पाण्डेयले बताए ।

        कमेन्टहरु