बर्दघाटमा मोटरसाइकल दुर्घटना हुदा तीन जना घाईते


नवलपरासी, बैशाख ७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- ५ बण्डखोलास्थित दक्षिणबाट उत्तरतर्फ आउदै गरेको ३ जना सवार लु ८२ प ६७९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिन जादा ७:३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जना घाईते भएका छन ।
घाईते हुनेमा मोटरसाइकल चालक सरावल गाउँपालिका- १ बासाबसही बस्ने बर्ष ३१ को लोकेन्द्र चौधरी, सोही स्थान बस्ने बर्ष ३८ को वीर बहादुर कामी, सोही स्थानमै बस्ने बर्ष ३५ को बुद्धि राम चौधरी रहेका छन ।
घाईते मध्ये मोटरसाइकल चालक लोकेन्द्र चौधरीको कम्मर भित्री शरिरमा चोट लागेको छ । उनको अवस्था माध्यम रहेको छ । सोही मोटरसाइकलको वीचमा सवार वीर बहादुर कामीको दाहिने कुममा चोट लागेको छ भने उनको पनि अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।
त्यसैगरी सोही मोटरसाइकलको पछाडी सवार बुद्धि राम चौधरीको नाकमा चोट लागेको छ भने उनको अबस्था गम्भीर रहेको छ । घाईते तीनै जना एउटै मोटरसाईकलमा मापसे गरी सवार थिए ।
दुर्घटना पश्चात घाईतेहरुलाई उपचारको लागी सामुदायिक अस्पताल चिसापानी बर्दघाट पठाएको थियो । घाईते मध्ये बुद्धि राम चौधरी र लोकेन्द्र चौधरीलाई सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारकालागि ७:५५ बजे भैरहवा मेडिकल कलेज रिफर गरिएको पाण्डेयले बताए ।
दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.स.नि. लक्ष्मण रासकोटी मगरको कमाण्डमा ५ जना टोली खटिगई मोटरसाइकल नियन्त्रणमा लिई, घाईतेहरुको उद्दार गरी उपचारको लागि अस्पताल पठाईएको हो ।





