समाचार

    कपिलवस्तुको सिसवा गाउँमा आगलागीबाट २६ ओटा घरगोठ जलेर नष्ट

    नवलपुर टुडे
    २०८० बैशाख ७ | मध्यान्ह ०४:०१ बजे

      नन्द किशोर कुर्मी
      विजयनगर, वैशाख ७ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा अन्दाजी एक करोड बढी रुपैयाँ बराबरको क्षति भएको छ । गाउँपालिकाको वडा नम्बर ५ सिसवामा आगलागी भएको प्रहरीले जनाएको छ ।

      photo 2023 04 20 16 49 28

      फुसको ९ ओटा घर पूर्ण रुपमा र १७ ओटा आंशिक गरि २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । बिहिबार करिब साढे ११ बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

      photo 2023 04 20 16 49 30

      आगलागीमा परि १ एउटा पाडो जलेर मरेको उनले बताए । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए । आगलागीको कारण खुल्न नसकेको उनले बताए । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो ।

      photo 2023 04 20 16 49 31

      विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्कालका लागि आगलागी पिडितलाई राहतको लागि प्रतिघरलाई ५० किलो दरले चमाल, दाल, तेल, मसला लगायत आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने बताएका छन् ।

        कमेन्टहरु