जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा ४ जनाको ज्यान गयो

नवलपुर टुडे
२०८० बैशाख ७ | मध्यान्ह ०२:०१ बजे

जाजरकाेट, वैशाख ७ । भेरी करिडोरअन्तर्गत जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाकाे ज्यान गएकाे छ ।
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा अरू चारजना गम्भीर घाइते भएको र उनीहरुलाई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाइएको छ ।
मृतकहरूको परिचय खुल्न नसकेको र प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।





