मोटरसाइकलले चितुवालाई ठक्कर दिएपछि…

नवलपुर टुडे
२०८० बैशाख ६ | बिहान ०९:०१ बजे

म्याग्दी, वैशाख ६ । म्याग्दीमा गएराति मोटरसाइकलको ठक्करबाट चितुवा मरेको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मरेको हो ।
सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलमा ठोक्किएपछि घटनास्थलमै मत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाटले बताए ।
मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ । रासस





