स्वास्थ्य

    थप उपचारका लागि राष्ट्रपति पौडेललाई आज भारत लगिँदै

    नवलपुर टुडे
    २०८० बैशाख ६ | बिहान ०९:०१ बजे

      काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई आज भारत लगिँदै छ । छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एयरको एयर एम्बुलेन्समार्फत् भारत लैजान लागिएको उनका निजी सचिव चिरञ्जिवी अधिकारीले बताए । उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फ मेडिकल साइन्सेस (एम्स) मा लगिनेछ ।

      उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने अधिकारीले बताए । यसअघि पनि पौडेललाई सोही अस्पतालमा चेक गराइरहेको हुँदा र अहिले सोही समस्या लगातार देखिएकाले भारत र नेपालका चिकित्सकको सल्लाहमा भारत लैजाले तयारी गरिएको हो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या एक साता अघि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

      पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो । 

        कमेन्टहरु