लुम्बिनी प्रदेश

    गुल्मीमा नुहाउने क्रममा खोलामा दुबेर एकको मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख ५ | मध्यान्ह ०९:०१ बजे

      इन्द्रजित नेपाली
      गुल्मी, बैशाख ५ । गुल्मीमा खोलामा नुहाउने क्रममा दुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका- ६ निवासी ३७ वर्षका भिमबहादुर कुँवर रहेको छ ।

      उनको स्थानीय छल्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिए । मृतक कुँवर मंगलबार दिउँसो रेसुङ्गा नगरपालिका- ३ बाझाँखेत भन्ने ठाउँमा नुहाउन गएका थिए । उनी सोहि स्थानमा निर्माण व्यवसायीका रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

      मृतक कुँवरको शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु