देश

    उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

    नवलपुर टुडे
    २०८० बैशाख ५ | मध्यान्ह ०७:०१ बजे

      काठमाडौ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकोप्टर प्रयोग नगर्न निर्देशन दिएको छ।

      प्रचारप्रसारका लागि पर्याप्त समय रहेको र यातायातको सहज पहुँच रहेकाले आयोगले हेलिकोप्टर प्रयोग नगर्न भनेको हो।

      ‘यसरी यातायातको सहज पहुँच रहेको स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्तसमेतको प्रतिकुल हुन जाने भएकाले संवत् २०८० साल बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनैपनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्नुहुन सूचित गरिन्छ,’ मंगलबार जारी विज्ञप्तीमा भनिएको छ। 

        कमेन्टहरु