समाचार

    त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल ठप्प, जहाज उडान र अवतरण हुन सकेन

    नवलपुर टुडे
    २०८० बैशाख ५ | मध्यान्ह ०२:०१ बजे

      काठमाडौ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन हुँदा विमानस्थल ठप्प भएको छ। अहिले विमानस्थलबाट कुनै पनि जहाज उडान र अवतरण हुन सकेका छैनन्।  

      नेपालभरीको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन हुँदा विमानलाई कुनै निर्देशन दिन नसक्ने हुनाले विमानस्थल ठप्प भएका हुन्। अहिले विमानस्थलमा आगमन र प्रत्यागमन बन्द भएपछि स्थिति भयावह बनेको छ। 

      त्रिभुवन विमानस्थल अपरेशन विभागका निर्देशक टेकनाथ सिटौलाले यसबारे आफुलाई कुनै जानकारी नआएकाे बताए । ‘खोइ हो र? यसबारे मलाई कुनै जानकारी आएको छैन । म बुझ्छु’, उनले नागरिकनयूजसँग भने। 

        कमेन्टहरु