समाचार

    मेयर बालेन शाहविरुद्ध परेको रिटमा आज सुनवाई

    नवलपुर टुडे
    २०८० बैशाख ५ | बिहान ०९:०१ बजे

      काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको रिटमा आज सुनुवाइ हुनेछ । 

      मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।

      अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  

      श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

        कमेन्टहरु