ठेक्दारले सड्कमा पानी नहाल्दा धुलोले स्थानीय हैरान


खुरसेद हजाम
नवलपरासी, बैशाख ३ । पश्चिम् नवलपरासी प्रतापपुर गाउँपालिका- ६ हरपुर भन्सार चोक हुँदै सुस्ता गाउँपालिका- ३ सम्म बन्दै गरेको सडक खण्डमा ठेक्कादारले सडकमा पानी नहाल्दा सडकको छेउमा रहेको स्थानीय हैरान भएका छ्न ।
धुलोले सडक दिउँसै देखिन्न भने सडक किनारका घरमासमेत बस्नै नसक्ने स्थानीय अलसगिर हजामले बताए । धुलोले पाकेको खान खान नसकिने भएको छ । घरबाट बाहिर निस्कदा धुलोले केही देखिन्न गाडी आउँदा खतराको उच्च जोखिम देखिएको छ । घरको झ्याल ढोका खोल्नै हुन्न धुलोले सासै फेर्न नसकिने भएको उनले भने ।
सडक फराकिलो पार्ने ठेक्का पाएको सुलभ कन्ट्याक्सन प्रा.लि कम्पनीका इन्जिनियरिङ काम गर्दा धुलो उडाउन नपाउने ठेक्का सम्झौतामै उल्लेख भए पनि सडकमा पानी नहालेका कारण यस्तो बिजोग भएको हो ।बपानी छरेर धुलो नियन्त्रण गर्न सकिन्छ । पानी छम्कन पटक–पटक भन्ने गरे पनि ठेकेदारले अटेरी गरेको छ । वातावरण अति प्रदूषित भएको छ ।’ धुलोरहित बनाउन दर्जनौँ पटक स्थानीयले भने पनि ठेकेदारले र सुपरवाइजर रकेश सुनेर पनि नसुने जस्तो गरेको स्थानीयले पानी खसाल्न भन्दा इन्जिनियर र सुपरवाइजरले स्थानीयलाई थर्काउनेसमेत गरेको आरोप स्थानीयले लगाएका छ्न ।
स्थानीय जनताले निर्माणधीन सडकको धुलोका कारणले वडाअध्यक्षसंग हारगुहार गरेपछि प्रतापपुर गाउँपालिका- ६ का वडाअध्यक्ष केशव अधिकारीले वडा नम्बर ६ मा काम शुरु गर्दा वडाका जनप्रतिनिधिहरुसंग सम्पर्क नगरी मनोमान ढंगले ठेकेदार पक्षले काम शुरु गरेको बताए । स्थानीयको जनगुनासो पश्चात् वडाअध्यक्षले ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा नआएको बताए ।
सडक आयोजनाका इन्जिनियरलाई पत्रकारले सम्पर्कमा लिन खोजदा आउन चाहेनन् । हरपुर भन्सार चोकदेखि सुस्ता- ३ सम्म सडक खण्डको १० किलोमिटर सडक फराकिलो पार्न ३ वर्षमा काम सकाउने गरि ठेक्का लिएको सुलभ कन्ट्याक्सन प्रा.लि कम्पनीले ८ महिना बितिसक्दापनि हाल २० प्रतिशतसम्म मात्र पूरा भएको छ ।





