समाचार

    रामग्राममा टिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख ३ | मध्यान्ह ०७:०१ बजे

      परासी, बैशाख ३ । पश्चिम नवलपरासीको रामग्राम- १७ पठखौलीस्थित भित्री सडक खण्डमा टिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका- १२ कुनवार बस्ने बर्ष अन्दाजी ६० को गणेश प्रसाद हरिजन रहेको छ ।

      आइतबार साझ ५:१५ बजे नवलपरासी रामग्राम नगरपालिका- १७ पठ्खौलीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ११३२ नम्बरको खाली टिप्परले साईकललाई ठक्कर दिँदा साईकल यात्री हरिजन घाईते भएका थिए । उनलाई गम्भीर घाईते अबस्थामा उपचारको लागि जिल्ला अस्पताल परासी पुर्‍याउँदा १७:५५ बजे डाक्टरले मृत्यु घोषणा गरेको हो ।

      मृतक हरिजनको शव पृथ्वी चन्द्र जिल्ला अस्पतालमा परासीमा राखिएको छ । घटनास्थलमा प्र.ना.नि. गोकर्ण चौहानको कमाण्डमा ३ जना, प्रहरी चौकी बासाबाट प्र.ना.नि. यादव न्यौपानेको कमाण्डमा ३ जना र जि.प्र.का. नवलपरासीबाट प्र.नि. हरि भट्टराईको कमाण्डमा ट्राफिकसहित १७ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम सूचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।

      टिप्पर र टिप्पर चालक फरार रहेको र प्रतापपुर- ९ बस्ने वर्ष ३१ को मनोज कुमार थारुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोही घटनालाई लिई स्थानीयहरु ७०/८० जनाको संख्यामा भेला भई गाडीमा ढुङ्गा प्रहार गरि गाडीमा तोडफोड गरेका छन् । स्थानीयहरुलाई सम्झाईबुझाई गरी अवस्था सामान्य पारिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।

      photo 2023 04 16 19 29 32

        कमेन्टहरु