भ्रष्टाचार

    सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    नवलपुर टुडे
    २०८० बैशाख ३ | मध्यान्ह ०४:०१ बजे

      काठमाडौं, वैशाख ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

      आइतबार आयोगले विशेष अदालत काठमाडौंमा दुई अर्ब ६९ करोड ४० लाख रुपैयाँ बिगो माग गरेर भ्रष्टाचार मुद्दा दायर गरेको हो । कार्यकारी निर्देशक पौडेल, सीडीई, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक विल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससमेतका निर्देशक गरी नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

      उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । निर्देशक पौडलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरूविरुद्ध फरक–फरक बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

      photo 2023 04 16 16 58 34 photo 2023 04 16 16 58 39

        कमेन्टहरु