समाचार

    नवलपरासीमा परालको टौवामा आगलागी

    नवलपुर टुडे
    २०८० बैशाख ३ | मध्यान्ह ०२:०१ बजे

      नवलपरासी, वैशाख ३ । नवलपरासीको सुनवल नगरपालिका – ७ बेतलौरीमा परालको टौवामा आगलागी भएको छ । आइतबार बिहान अन्दाजी साढे ९ बजेको समयमा स्थानीय रुद्रलाल सुवेदीको घर नजिकै रहेको परालको टौवामा अचानक आगलागी भएको हो ।

      आगलागीको खबर प्राप्त हुनासाथ यस चौकीबाट प्र.ना.नि. रुम बहादुर के.सी.को कमाण्डमा ३ जनाको टोली खटिगई स्थानीय, दमकल र प्रहरीको सहयोगमा साढे १० बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

      आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो । परालको जम्मा अन्दाजी मुल्य रु. ६०,००० क्षेती भएको अनुमान छ ।

      नजिकै खेतको झारपातमा लगाएको आगो सल्केर फैलिन गई उक्त घटना भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु