देश

    चितवनमा कोरोनाका कारण थप एकजनाको मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख ३ | मध्यान्ह ०१:०१ बजे

      चितवन, वैशाख ३ । जिल्लामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।

      कार्यालयका प्रमुख दुर्गा चापागाईंका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनमा चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।

      जिल्लामा अहिले १० जना सक्रिय संक्रमित छन् । कार्यालयको तथ्यांकानुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् । रासस

        कमेन्टहरु