समाचार

    कञ्चनपुरमा पोखरीमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु 

    नवलपुर टुडे
    २०८० बैशाख ३ | मध्यान्ह १२:०१ बजे

      धनगढी, वैशाख ३ । कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका -१ बैतडीकी १४ वर्षीया बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

      मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत बविता परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन् । प्रहरीका अनुसार उनी पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर भएकी थिइन् ।

      गम्भीर घाइते भएकी बविताको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए । 

        कमेन्टहरु