समाचार

    घाँस काट्न जङ्गल गएका सूर्यवंशी मृत अवस्थामा फेला

    नवलपुर टुडे
    २०८० बैशाख ३ | मध्यान्ह १२:०१ बजे

      पाल्पा, वैशाख ३ । पाल्पाको जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । रम्भा गाउँपालिका वडा नं. ४ का ६३ वर्षीय यमबहादुर सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् । 

      गत चैत २८ गते घरबाट घाँस काट्न भनी जङ्गल हिडेका सूर्यवंशी हिजो (शनिबार) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

      घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु