विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौ दोस्रो स्थानमा

नवलपुर टुडे
२०८० बैशाख ३ | बिहान १०:०१ बजे

काठमाण्डाै, वैशाख ३ । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौ दोस्रो स्थानमा परेको छ । आज बिहान साढे ९ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाण्डौ दोस्रो सूचीमा परेको हो ।
केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । काठमाण्डौको एक्यूआई अहिले १ सय ९२ रहेको छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर छ । च्याङमाइको एक्यूआई २ सय २२ रहेको छ । यस्तै, तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता रहेको छ ।
डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् ।






