गण्डकी प्रदेश

    पोखराको सेती नदी खोचमा खसेकी बालिकाको मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख २ | मध्यान्ह ०७:०१ बजे

      पोखरा, वैशाख २ । पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा खसेकी पोखरा – ८ नागढुंगाकी १२ वर्षकी स्मृति पराजुलीको मृत्यु भएको हो ।

      खसेको झण्डै दुई घण्टापछि स्मृतीलाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उद्धारपश्चात् उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उपचारका क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

      स्मृति अन्य दुई जना साथीसँग मिलेर सेती खोंचमा खेल्न गएकी थिइन् । पोखरा – १५ स्थित सीताराम हाउजिङको खेलमैदानमा खेलिरहेका स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् ।

        कमेन्टहरु