गण्डकी प्रदेश

    पोखराको सेती नदी खोचमा खसेकी बालिकाको झण्डै दुई घण्टापछि उद्धार

    नवलपुर टुडे
    २०८० बैशाख २ | मध्यान्ह ०६:०१ बजे

      पोखरा, वैशाख २ । पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको उद्धार भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा खसेकी पोखरा – ८ नागढुंगाकी १२ वर्षकी स्मृति पराजुलीको झण्डै २ घण्टापछि उद्धार भएको हो ।

      स्मृतीलाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिनुभयाे । उनी दुई जना साथीसँग मिलेर सेती खोंचमा खेल्न गएकी थिइन् । पोखरा – १५ स्थित सीताराम हाउजिङको खेलमैदानमा खेलिरहेका स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् ।

      बच्चा खोँचमा खसेको जानकारी पाएलगत्तै प्रहरी टोली उद्धारमा खटिएको थिए । भ्वाङ भित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको प्रहरीले जनाएको छ । प्रहरीको टोलीले उद्धार गरेपछि बालिकाकाे अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।  

        कमेन्टहरु