अर्थ

    आठ महिनामा नेपालबाट ६ करोड ३२ लाखको अचार निर्यात

    नवलपुर टुडे
    २०८० बैशाख २ | मध्यान्ह ०२:०१ बजे

      काठमाडौँ, बैशाख २ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिना अवधिमा नेपालबाट ६ करोड ३२ लाख रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त मूल्यको अचार निर्यात भएको हो ।

      तथ्यांकअनुसार यस अवधिमा नेपालबाट १ लाख ७ हजार किलो अचार निर्यात भएको छ । नेपालबाट विश्वका ९ वटा देशमा अचार निर्यात हुने गरेको छ । अष्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत र अमेरिकामा अचार निर्यात हुने गरेको हो । नेपालबाट इटाली र अमेरिकामा सबैभन्दा धेरै अचार निर्यात हुने गरेको छ ।

      अमेरिकामा १ करोड ९८ लाख २१ हजार रुपैयाँको अचार निर्यात हुँदा इटालीमा १ करोड २ लाख ९० हजारको अचार निर्यात भएको छ । यस्तै, अष्ट्रेलियामा ७७ लाख रुपैयाँको, क्यानडामा ३२ लाखको अचार निर्यात हुँदा जापान र कोरियामा समान ८६–८६ लाख रुपैयाँको अचार निर्यात भएको विभागको तथ्यांकमा देखिएको छ ।

      हङकङ र बेल्जियममा भने क्रमशः ४ लाख र ९ लाख रुपैयाँको अचार निकासी भएको छ ।

        कमेन्टहरु