समाचार

    माओवादी नेता वर्षमान पुनकी आमामाथि प्रहार चिनियाँ पेस्तोल टाइप-५४’ बरामद

    नवलपुर टुडे
    २०८० बैशाख २ | मध्यान्ह १२:०१ बजे

      काठमाडौ । माओवादी नेता वर्षमान पुनकी आमामाथि टाइप-५४’ बरामद पेस्ताेलबाट गाेली लागेकाे खुलेकाे छ । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप-५४’ बरामद गरेको छ । 

      नयाँ वर्षको पारिवारिक जमघटमा गैरीधारास्थित घरमा भेला भएका बेला तीर्थमालीकाे  नाती पर्ने प्रहरी सहायक हवल्दार प्रकाश पुनकाे पेस्ताेल पड्केकाे थियाे । अहिलेसम्म प्रहरीले घटना नियतवश भयो वा असावधानीवश भन्नेबारे केही बताएको छैन ।  

      नियन्त्रणमा लिएर नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा राखिएकाे पेस्ताेलधारी प्रकाश कायममुकायम प्रधानन्यायाधीशकाे सुरक्षामा खटिने पछुवा गाडीमा हिँड्ने सहायक हवल्दार हुन् । 

      चिनियाँ ‘टाइप-५४’ पेस्तोल भीआईपी सुरक्षामा खटिने प्रहरीहरूले प्रयोग गर्दै आएका छन् । ‘सामान्य अवस्थामा सहायक हवल्दारले पेस्तोल बोक्न पाउँदैनन् । तर, भीआईपीको सुरक्षामा खटिएकाहरूकाे हकमा पेस्तोल स्थायी रूपमा राख्न दिइएको हुन्छ । भीआइपीको व्यक्तिगत र सम्पत्तिकाे समेत सुरक्षा गर्नुपर्ने हुन्छ’, प्रहरी प्रवत्ता दिपेन्द्र जीसीले शिलापत्रसँग भने, ‘को आएको थियो भन्ने पहिचान आफन्तले दिए, त्यसको आधारमा हामीले वागडोलस्थित डेराबाट अभियुक्तलाई पक्राउ गरेका हौं ।’

      कायम मुकायम प्रधानन्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तीर्थमालीको निवासमा गएका थिए । नाताले प्रकाश तीर्थमालीको नाती पर्छन् । 

        कमेन्टहरु