समाचार

    सिरहामा मेला हेर्न गएका एक वृद्धको हात्तीको आक्रमणमा परी मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख २ | बिहान १०:०१ बजे

      सिराहा, बैशाख २ । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

      शुक्रबार राति गोलबजार नगरपालिका – १ लडाडामा लागेको मेला हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका – ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो ।

      साथीहरूसँग मेला हेर्न गएको बेला गोलबजार नगरपालिका – १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको हुनसक्ने वडा नम्बर – ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।

      घटना लगतै पुगेका प्रहरी सहितले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर डुपेन्द्र प्रसाद बुढाथोकीले जानकारी दिए । तुलबहादुरको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान लगिएको उनले बताए ।

        कमेन्टहरु