समाचार

    बर्दघाटको टिसिएन चोकबाट अवैध ब्रोईलर कुखुरासहित पिकअप नियन्त्रणमा

    नवलपुर टुडे
    २०८० बैशाख २ | बिहान १०:०१ बजे

      नवलपरासी, बैशाख २ । नवलपरासीको बर्दघाट नगरपालिका – ४ टिसिएन चोकस्थित पुर्व-पश्चिम राजमार्गबाट प्रहरीले अवैध ब्रोइलर कुखुरासहित पिकअप नियन्त्रणमा लिइएको छ ।

      ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक विरेन्द्र के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले दक्षिणबाट पुर्वतर्फ आउदै गरेको ना ४ च ५१०५ नम्बरको पिकअप चेकजाच गर्ने क्रममा अन्दाजी ६०० वटा (११०० के.जी.) अवैध ब्रोइलर कुखुरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए । उक्त कुखुराको अन्दाजी मुल्य रु. २,४२,००० रहेको छ ।

      बरामद गरिएको कुखुरा, पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी पशु क्वरेन्टाईन महेशपुर पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।

        कमेन्टहरु