देश

    भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख २ | बिहान ०९:०१ बजे

      काठमाडौँ, बैशाख २ । भारतको महाराष्ट्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । 

      पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेको बस शनिबार बिहान दुर्घटनामा परेको हो ।घाइतेहरूको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । 

      उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ । एजेन्सी

        कमेन्टहरु