समाचार

    प्रहरी सहायक हबलदारद्वारा माओवादी नेता वर्षमान पुनको आमामाथि गोली प्रहार

    नवलपुर टुडे
    २०८० बैशाख २ | बिहान ०९:०१ बजे

      काठमाडौँ, बैशाख २ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ ।

      गए राति १० बजेतिर बालुवाटारस्थित निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले अनन्तका आमा ७४ वर्षीय तिर्थमाली पुन मगरमाथी गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हबलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् ।

      प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । 

      अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

        कमेन्टहरु