समाज

    जामिया सिराजुलउलुम मदरसामा इफ्तारी कार्यक्रम सम्पन्न

    असिम कामु
    २०७९ चैत्र ३० | मध्यान्ह १०:१२ बजे

      कपिलवस्तु, चैत्र ३० । कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं ३ झण्डानगरमा रहेको जामिया सिराजुलउलुम मदरसामा साउदी अरबको सहयोगमा इफ्तारी कार्यक्रमलाई निरन्तरता दिदै आएको छ। मुस्लिम समुदायको पवित्र महिना रमजानमा एक महिना सम्म दिनभरी निराहार बसी साझ पख इफ्तारी अर्थात ब्रत तोड्ने परम्परा रहदै आएको छ।

      साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल सउदको तर्फबाट २०२३ सालको रमजानको इफ्तारी कार्यक्रम उक्त मदरसामा संचालन गरिएको छ l राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा अब्दुल गनि अल्कूफी ले इफ्तारी कार्यक्रम राखेकाले साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज लाई बिशेष धन्यवाद दिदै साउदीले नेपाललाई शिक्षा, स्वास्थ्य, रोजगार लगायत अन्य क्षेत्रमा सहयोग गर्दै आएको कार्य आफैमा अविस्मरणीय रहने बताए।

      जामिया सिराजुलउलुम मदरसा व्यवस्थापन समिति अध्यक्ष समिम अहमद नदवी तथा उपाध्यक्ष डा मन्जुर अहमद खाले गरिब, असहाय, मजदूर लगायत लाई रमजानको महिनामा इफ्तारी गराउने कार्यक्रम सराहनीय कदम रहेको बताए। स्थानीय अकिल अहमदले इफ्तारी कार्यक्रमले तमाम गरिब र दिनभरी मजदूरी गरेर थाकेका व्यक्ति लाई खाना खुवाउनु आफैमा सराहनीय रहेको बताए।

        कमेन्टहरु