समाचार

    सेती प्रादेशिक अस्पताल धनगढीमा वृद्धको पेटमा बोतल भेटियो

    नवलपुर टुडे
    २०७९ चैत्र ३० | मध्यान्ह ०३:१२ बजे

      धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।

      प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो । उनकाअनुसार केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

      यसअघि मधेश प्रदेशका रौतहटका एक युवाको पेटमा पनि यस्तो बोटल भेटिएको थियो । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट बोतल निकालेका थिए ।

        कमेन्टहरु