नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


नवलपरासी, चैत ३० । नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार (आज) बिहान करिब साढे १० बजे जिल्लाको सरावल गाउँपालिका – १ तिलकपुरस्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले दक्षिण तर्फ मोडने क्रममा सोही दिशा तर्फबाट आउदै गरेको लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक सुनवल नगरपालिका – १३ बडेरा बस्ने ३२ वर्षीय चिरन्जीवी काफ्ले गम्भीर घाईते भएका थिए । काफ्लेलाई उपचारको लागी जिल्ला अस्पताल परासी पठाईएको थियो । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेका उनको उपचारको क्रममा ११:१० बजेको समयमा मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी नायब निरीक्षक यादव न्यौपानेको कमाण्डमा ३ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । मोटरसाइकल, टिप्पर र टिप्पर चालक प्रतापपुर गाउँपालिका – ७ बस्ने ३४ वर्षीय माधब चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको पाण्डेयले बताए ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक र ट्राफिक समेतको प्रहरी टोली गई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





