मधेश प्रदेश

    सामाजिक संजालमा भिडियो हालेको भन्दै, वडाअध्यक्ष राम जीवन साहद्वारा सेवाग्राहीलाई धम्की

    नवलपुर टुडे
    २०७९ चैत्र २९ | मध्यान्ह ०९:१२ बजे

      महोत्तरी । महोत्तरी गाउँपालिका- ५ का वडाअध्यक्ष राम जीवन साहले भिडियो बनाएको भन्दै स्थानीयलाई धम्की दिएका छन । उनले आफू वडा कार्यालयमा उपस्थित नभएको बेलामा स्थानीयले भिडियो बनाएको आरोप लगाउदै धम्की दिएका हुन ।

      स्थानीयले कार्यालय समयमा वडाअध्यक्ष उपस्थित नहुदा बनाएको भिडियोको बिषयलाई लिएर गालीगलौज र धम्की दिएको अडियो बाहिरिएको छ ।

      स्थानीयले भिडियो बनाएर सामाजिक संजालमा राखेपछि स्थानीय सुजित साहलाई वडाअध्यक्ष राम जीवन साहले धम्की दिएको हो । वडाअध्यक्ष साह सधै कार्यालयमा समयमा नजाने र कहिले काहीँ मात्र जाने गरेको र सेवाग्राहीको पीडा नभुझी स्थानीय सेवाग्राहीलाई दुख दिएको भन्दै सुजित साहले भिडियो बनाएर सामाजिक संजालमा हालेको थिए ।

      वडाअध्यक्षले उक्त भिडियोको बिषयलाई लिएर खुल्लेआम धम्की दिदै आईरहेका छन । उनलाई भने कारबाही भएको छैन । वडाअध्यक्षले पीडितलाई भिडियो डिलेट गर्न भन्दै धम्की दिईरहेको पीडितले बताए । पीडितलाई वडाअध्यक्षले भिडियो डिलेट नगरिए जे पनि हुन्छ, तिम्रो हालत के हुन्छ भन्दै धम्की दिदै आईरहेको पीडित साहले भने ।

      बिगत ४/५ दिनदेखि सेवाग्राही सुजित साह वडा कार्यालयमा विबाह दर्ता बनाउन त जानन्छन् तर, वडाअध्यक्ष कार्यालयमा नहुने, फोन गर्दा अटेरी कुरा गर्ने धाकधम्की दिने जस्ता क्रियाकलाप गरेकोले वडाअध्यक्षको बारेमा भिडियो बनाएर सामाजिक संजालमा अप्लोड गरेको सेवाग्राहीहरुले बताए ।

        कमेन्टहरु