परासीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु


नवलपरासी, चैत २९ । नवलपरासीको रामग्राम नगरपालिका – १० लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
यूपी ५६ एयू ३६८९ नम्बरको मोटरसाइकलले बाटोमा हिडिरहेकी सोही ठाउँका स्थानीय राजेश चौधरीको ९ वर्षीय छोरी पिंकी चौधरीलाई ठक्कर दिँदा हात खुट्टा, टाउको र अनुहारमा चोट लागी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी पिंकीलाई उपचारको लागी जिल्ला अस्पताल परासी पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।
घटनास्थलमा अहिले प्रहरी निरीक्षक धर्मराज खत्रीको कमाण्डमा SOCO सहित ७ जनाको टोली गएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । मोटरसाइकल र चालक पाल्हिनन्दन गाउँपालिका – ६ बस्ने २६ वर्षीय उमेश कुमार साहनीलाई प्रहरीले नियन्त्रणमा लिएको पाण्डेले बताए ।
बालिकाको शव सोहि अस्पतालमा राखिएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट करिब ७ किलोमीटर पश्चिम-दक्षिण पर्छ ।





